आर्थीकसंसार संवाददाता१३ असार, २०८१
१३ असार, २०८१काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गरेको छ ।