आर्थीकसंसार संवाददाता१२ असार, २०८१
१२ असार, २०८१काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता गरेको छ ।
कम्पनीको गत जेठ ३१ गते सम्पन्न भएको विषेश साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले क्यापिटलसँग सो सम्बन्धी असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।