News Portal

  • प्रभु बैंकका कर्मचारीले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता११ असार, २०८१
    १०७ पटक
    ११ असार, २०८१

    काठमाडौं । प्रभु बैंक र ललितपुरको हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य भएको छ ।

    सहकार्यका लागि बैंक र हस्पिटलबीच समझदारी भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश-३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार प्रभु बैकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त समारोहमा विशेषगरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो ।

    स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए भने समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्