News Portal

  • यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता११ असार, २०८१
    ६१ पटक
    ११ असार, २०८१

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो ।

    कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार (असार ११ गते) इन्स्योरेन्स र क्यापिटलबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    यूनाइटेड अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्