News Portal

  • नेशनल लाइफद्वारा ६३ लाख ६५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता११ असार, २०८१
    ८१ पटक
    ११ असार, २०८१

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दाबी र मृत्यु दाबी भुक्तानी गरेको छ । ईटहरी ४ निवासी साइमन राईले नेशनल लाइफमा ५० लाख बीमाङ्कको अमृत वर्षा जीवन बीमा गरेका थिए । उनले बार्षिक बीमाशुल्क रु ६ लाख २९ हजार ६५० का दरले पाँच किस्ता भुक्तानी गरेका थिए ।

    यस बिचमा बीमित राईलाई घातक रोग क्यान्सर भएकोले उपचार खर्च रु ५० लाख र बीमा योजनाको सर्त अनुसार अग्रिम भुक्तानी रु १६ लाख ६५ हजार कम्पनीले भुक्तानी गरेको हो ।

    त्यस्तै, २०८० चैत १६ गते बीमित राईको मृत्यु भएकोले मृत्यु दावी वापत ६३ लाख ६५ हजार मृतकको श्रीमती जापान माया राईलाई ज पुनः भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

    कुल बीमाशुल्क रु ३१ लाख ३१ हजार १ सय जम्मा गरेको राई परिवारलाई कम्पनीले तीन शिर्षकमा कुल रु १ करोड ३० लाख ३० हजार भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्