News Portal

  • समृद्धि फाइनान्सको मधुवन शाखाले मनायो पहिलो बार्षिकोत्सब

    आर्थीकसंसार संवाददाता९ असार, २०८१
    २४० पटक
    ९ असार, २०८१

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको मधुवन शाखा कार्यालयले पहिलो बार्षिकोत्सब मनाएको छ । कम्पनीको उक्त शाखाले असार ८ गते आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म २१०० ग्राहकलाई आवद्ध गर्दै ४ करोड ८० लाख बचत संकलन र १ करोड ४७ लाख लगानी गर्न सफल भएको जानकारी शाखा प्रमुख केशव पौडेलले कार्यक्रमका बिच जानकारी दिए ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले बरहाक्षेत्र नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्तरोक्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।

    शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्