News Portal

  • एनआईसी एसिया बैंक बन्यो पीक्याफको सदस्य

    आर्थीकसंसार संवाददाता९ असार, २०८१
    ११३ पटक
    ९ असार, २०८१

    काठमाडौं । एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) को सदस्य बनेको छ ।

    पीक्याफ विश्वका वित्तीय संस्थाहरूले सहकार्य गरेको एउटा ग्लोबल इनिसिएटिभ हो । पीक्याफले ग्रिन हाउस ग्यास उत्सर्जनसँग सम्बन्धित कर्जा र लगानीको अध्ययन र अवस्थालाई सुनिश्चित गर्छ ।

    पीक्याफमा विश्वभरि ६ महादेशका ४ सय ८० वित्तीय संस्था जोडिएका छन् । यसको सदस्य बनेसँगै बैंकले पनि पर्यावरणीय दिगोपनामा कार्बन फुटप्रिन्टको पारदर्शी मूल्यांकन गर्ने प्रतिबद्धता जनाएको छ ।

    बैंकका सीईओ रोशनकुमार न्यौपाले भने, ‘संसार वातावरणमैत्री अभ्यासतर्फ आधारभूतरूपमा रूपान्तरण भइरहँदा एनआईसी एसिया पनि यसका लागि प्रतिबद्ध छ ।

    जलवायुमैत्री रणनीतिसाथ विश्व समुदायसँगै दिगो अर्थतन्त्रको विकासका लागि प्रतिबद्ध रहेको बैंकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्