News Portal

  • हिमालयन लाइफ इन्स्योरेन्सको सुखड शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०८१
    ६० पटक
    २३ जेठ, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुखड शाखाले मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले बर्दगोरिया गाउँपालिका वडा नं. १ , कट्टिपुर निवासी स्वर्गिय जय प्रसाद न्यौपानेको परिवारलाई बीमा बापत ६ लाख १२ हजार ५०० रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

    कम्पनीका सुखड शाखाका शाखा प्रमुख राम प्रसाद चौधरी, कर्मचारी पुष्पा कुमारी शाही र कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुले संयुक्त रुपमा स्वर्गिय बिमितको इच्छ्याइएको व्यक्ति पुन्नकला न्यौपानेलाई हस्तान्तरण गरेको हो । बिरामीका कारण मृत्यु भएका जय प्रसाद न्यौपानेले सुखड शाखामा पाँच लाखको बीबमा गराएका थिए । उनले पाँच बर्षको बीमाशुल्क १,६५,७९५ भुक्तानी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्