News Portal

  • सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०८१
    ३४४ पटक
    १३ जेठ, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ मार्फत हस्तान्तरण गरेको हो।

    कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री ,एरिया म्यानेजर सनी खाछे श्रेष्ठ, एमडिआरटी सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता के.सि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

    बीमित कोजुको हृदयघातको कारण धुलिखेल अस्पतालमा उपचार गरिएको हो। उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको जनाइएको छ ।
    प्रतिकृया दिनुहोस्