News Portal

  • नेशनल लाइफले गर्यो ८० जना अभिकर्तालाई सम्मान

    आर्थीकसंसार संवाददाता६ जेठ, २०८१
    ८२ पटक
    ६ जेठ, २०८१

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्तालाई सम्मान गरेको छ ।

    इटहरीस्थित होटल सोल्टीमा भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेशनल रत्न छनौट अभिकर्तालाई सम्मान गरेका हुन् ।

    प्रमुख कार्यकारी अधिकृत खत्रील समारोहमा नेशनल अवार्ड विजेता अभिकर्तालाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे । उनले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरिबाट नेशनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ता छनौट हुन सफल भएको बताए ।

    उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराए ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीसहित केन्द्रिय कार्यालयका प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयबाट शाखा प्रमुखको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्