News Portal

  • नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०८१
    १२४ पटक
    ३० वैशाख, २०८१

    काठमाडों । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले महाकाली पारि रहेको दोधाराचादनि नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। दोधाराचादनि नगरपालिका हेल्थपोष्ट बजारमा रहेको श्री भानु बहुमुखि क्याम्पसको हलमा करिव २ दर्जन भन्दा बढि स्थानिय जनताको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

    महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशोर भट्टले बीमा भनेको के हो? बीमाको आवश्यक्ता, बीमा भुक्तानीको तरिका , चुनौति र समाधानका बिषयमा प्रकाश पारेका थिए ।

    उपस्थित सहभागिलाई महेन्द्रनगर शाखाका मार्केटिङ अफिसर कृष्ण सिह ठगुन्नाले स्वागत मन्तब्य राखेका थिए ।

    कार्यक्रममा वर्तमान तथा निवर्तमान जनप्रतिनिधि सहित स्थानीय २ दर्जन भन्दा बढिको उपस्थिति रहेको कार्यक्रम कम्पनीका मुख्य व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले संचालन गरेका थिए ।

    कार्यक्रम पश्चात सहभागीहरुले जीवन बीमाका बारेमा रहेको अन्यौल दुर हुनुका साथै जीवन बीमाको आवश्यकता र महत्त्व बुझेको प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्