News Portal

  • सन नेपाल लाइफद्वारा १६ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०८१
    २३४ पटक
    १६ वैशाख, २०८१

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । साथै कम्पानीले बीमा सचेतना कार्यक्रम पनि गरेको छ । कम्पनीले बहुदरमाई ८ पर्साकी मृतक शोभा कुमारीको हकवाला श्रीमान राज कुमार साहलाई मृत्यु दाबी वापत १५ लाख बीमा रकम ५० हजार बोनश र ५० हजार क्रिया खर्च गरी कुल १६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

    उक्त दबी वापतको रकम वडा अध्यक्ष पुनी लाल साह तेली, महुवन प्रहरी चौकी इन्चार्ज, विरगञ्ज शाखा प्रबन्धक श्रीराम प्रसाद, उप शाखा प्रमुख महाविर ठाकुर, कम्पनीका अन्य कर्मचारी लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्