आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८१
१२ वैशाख, २०८१काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० जनाभन्दा बढी वरिष्ठ अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृश्यहरु अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो।