आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८१
१२ वैशाख, २०८१काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक वैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ।
विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल)मार्फत प्राप्त हुन्छ। केवाईसीसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ।
यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्तालाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ। यस सुविधाबारे विस्तृत जानकारी कम्पनीको वेबसाइटमा उपलब्ध छ।