आर्थीकसंसार संवाददाता९ वैशाख, २०८१
९ वैशाख, २०८१काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।
ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरका१२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।