News Portal

  • कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता५ वैशाख, २०८१
    ३२८ पटक
    ५ वैशाख, २०८१

    काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

    हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीले तोकिएको म्याद आफूले लिन चाहेको शेयर संख्या र दर रेट खुलाएर काठमाडौंको नक्सालस्थित कुृमारी क्यापिटलको कार्यालय र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
    प्रतिकृया दिनुहोस्