आर्थीकसंसार संवाददाता२७ चैत, २०८०
२७ चैत, २०८०काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार-काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ /०८० को नाफा हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गरेको छ ।