आर्थीकसंसार संवाददाता८ चैत, २०८०
८ चैत, २०८०काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी रकम एघार लाख २५ हजार २ सय ६३ रुपैयाँ सदस्यको परिवारलाइ भुक्तानी गरेको छ । शाखा कार्यालय हसुलियाको केन्द्र न ७८ पबेरा मिर्मिरे ब्यावसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरीको मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतकको श्रीमती मोनिका चौधरीलाई बीमांक तथा क्रिया खर्च वापतको उक्त रकम भुक्तानी गरेको हो ।
संस्थाले मेट लाइफ इन्स्योरेन्स कम्पनीसँग सदस्यको जीबन बीमा सहकार्य गरेको थियो । उक्त दाबी रकम कैलारी गाउँपालिका वडा नं. ५ का अध्यक्ष बिष्णु चौधरीले चेक मार्फत हस्तान्तरण गरेको हो ।