News Portal

  • बाँकी दाबी भुक्तानी लिन आउन नेशनल इन्स्योरेन्सको ताकेता

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०८०
    ४३४ पटक
    २२ फागुन, २०८०

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले बाँकी बीमा दाबी भुक्तानी लन आउन बीमितलाई ताकेता गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो ताकेता गरेको हो।

    यस कम्पनीबाट जारी भएका बीमालेखअन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई, कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई दाबी भुक्तानी लिन आउन सूचनामा आग्रह गरिएको छ। ‘कम्पनीबाट बारम्बार ताकेता गर्दा पनि नबुझाइएका कागजातहरु यो सूचना जारी भएको मितिबाट २५ दिनभित्र आफूले बीमा गरेको यस कम्पनीका शाखा कार्यालयहरुमा सम्पर्क राखी बुझाउन बाँकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरखफारख गराउन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।

    तोकिएको समयसम्म पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताको हकमा निजहरुसँग सम्बन्धित रहेको दाबी फाइल बन्द भई तामेलीमा जाने कम्पनीले स्पष्ट पारेको छ। बाँकी दाबी भुक्तानीका बीमा गरिएका शाखा कार्यालयहरुको सम्पर्क नम्बर कम्पनीको वेबसाइट www.nicnepal.com.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।
    प्रतिकृया दिनुहोस्