News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीले आयल निगमका कर्मचारीलाई कर्जाको बीमा सुविधा दिने

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०८०
    ३६८ पटक
    २१ फागुन, २०८०

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नेपाल आयल निगमका कर्मचारीहरुलाई कर्जाको बीमा सुविधा उपलब्ध गराउने भएको छ।

    कर्जाको बीमासम्बन्धी समझदारीमा दुवै निकायले हस्ताक्षरका छन्। यो सझदारीसँगै अब आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा कम्पनीले उपलब्ध गराउनेछ।

    आयल निगमले आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउने कर्जाको बीमा राष्ट्रिय जीवन बीमा उपलब्ध गराउने कम्पनीका प्रवक्ता भोलानाथ घिमिरेले जानकारी दिए। ‘कर्जाको सीमा तोकिएको छैन, जति पनि हुन सक्छ’, उनले भने, ‘घर कर्जा, गाडी कर्जालगायतको बीमा कम्पनीले गरिदिनेछ।’

    बीमाको प्रिमियम आयल निगमले तिरिदिने सहमति भएको घिमिरेले बताए।

    प्रतिकृया दिनुहोस्