आर्थीकसंसार संवाददाता६ फागुण, २०८०
६ फागुण, २०८०काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१२, मोरङ्ग निवासी कर्णलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज फागुन ६ गतेबाट नै लागु हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।