News Portal

  • आवश्यक कागजपत्र पेस गरी तत्काल बीमादाबी लिन आउन नेको इन्सुरेन्सको आह्वान

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    २१८ पटक
    ३ फागुन, २०८०

    काठमाडौं । नेको इन्सुरेन्सले बीमादाबीसम्बन्धी आवश्यक कागजपत्र पेस गरी तत्काल दाबी लिन आउन आह्वान गरेको छ।

    कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। कम्पनीबाट जारी बीमालेखअन्तर्गत पर्न आएका बीमादाबी सम्बन्धमा क्षति मूल्यांकनका लागि बुझाउन बाँकी आवश्यका कागजपत्र सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फर्छयौटका लागि माग गरेको सूचनामा उल्लेख छ। ‘तर, बुझाउन बाँकी भएका बीमादाबीसम्बन्धी आवश्यक कागजपत्र कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बुझाइ बीमादाबी फर्छ्यौट समयमा नै गरी लिनका लागि सम्बन्धित बीमित वा बीमा दाबीकर्तालाई आग्रह गर्दछौँ’, सूचनामा भनिएको छ।

    तोकिएको समयावधिसम्म पनि कागजपत्रहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।
    प्रतिकृया दिनुहोस्