काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।
२ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव १७ प्रतिशतले बढेको हो ।
त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३ प्रतिशतले बृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
कम्पनीले यस अवधिमा ५५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि भएको छ ।
समिक्षा अवधिमा कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ९९ रुपैयाँ १५ पैसा रहेको छ ।