News Portal

  • सन सेक्युरिटिजले युनिग्लोब स्कुलका विद्यार्थीलाई सेयरबजारको ज्ञान दिने

    आर्थीकसंसार संवाददाता२६ माघ, २०८०
    २९२ पटक
    २६ माघ, २०८०

    काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि दुई कम्पनीबीच शुक्रबार एक सम्झौता भएको हो ।

    सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत भएको उक्त सम्झौतामा सन सेक्युरिटिज प्रालिले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।

    यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।

    सम्झौता अन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

    सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले हस्ताक्षर गरेका थिए भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले कम्पनीको कार्यक्रमल विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको सेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने बताए ।

    उनले उक्त कार्यक्रमले दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

    प्रतिकृया दिनुहोस्