News Portal

  • एशियन लाइफद्वारा बीमितको घरदैलोमै पुगेर रु. २० लाख दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८०
    ३७३ पटक
    २५ माघ, २०८०

    काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाराको कलैयामा मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ। बीमा गरेको छोटो अवधिमै क्यान्सर रोगका कारण निधन भएका बीमित धिरेन्द्र बहादुर कामीको परिवारजनलाई एशियन लाइफले २० लाख ४ हजार ९४५ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

    कम्पनीको कलैया शाखाका प्रबन्धक सूर्य आचार्यले बीमितको आँगनमा गएर कम्पनीका स्थानीय अभिकर्ताहरुको उपस्थितिमा बीमितको श्रीमति गीता विश्वकर्मालाई दाबी भुक्तानीको प्रतीकात्मक चेक हस्तान्तरण गरेका हुन् ।

    कामीले २०७८ साल असार ३० गते २० लाख रुपैयाँ बीमांकको वार्षिक धनलाभ जीवन बीमालेख खरिद गरेका थिए । यो बीमालेख वापत उनले पहिलो किस्तामा एशियन लाइफलाई १ लाख ८५० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । बीमा गरेको ४० दिनमै २०७८ भदौ ८ गते कामीको निधन भएको थियो ।
    प्रतिकृया दिनुहोस्