News Portal

  • सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, जीवन बीमा कोष साढे ३० अर्ब पुग्यो

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८०
    २१६ पटक
    २२ माघ, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ६३ प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो ।

    पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ५९.७३ प्रतिशत बढेर ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

    ६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ६२ करोड २६ लाख रुपैषँ दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ति कोष ३३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोष ३० अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

    कम्पनीको नाफा नाफा बढेसँगै प्रतिसेयर आम्दानी ४.०२ रुपैयाँ बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १६५.१५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५१.८७ गुणा छ । यस अवधिमा कम्पनीको कुल लगानी २९.२४ प्रतिशत बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्