News Portal

  • लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो ३०औँ साधारण सभा, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८०
    ७९ पटक
    १४ माघ, २०८०

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

    इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश पारित गर्नेछ ।

    बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

    लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्