आर्थीकसंसार संवाददाता८ माघ, २०८०
८ माघ, २०८०काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लू कस हस्पिटल प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रवन्धक शैलेश प्रसाद आचार्य र ब्लू कस हस्पिटलका निर्देशक लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म ब्लू कस हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सेवा प्राप्त गर्न सक्नेछन् ।