News Portal

  • सूर्यज्योति लाइफले ६ महिनामा गर्यो रु. ३०.१६ करोड दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३ माघ, २०८०
    २८४ पटक
    ३ माघ, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनामा मात्रै ५ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

    कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ। कम्पनीले पुस महिनामा १७५ वटा दाबीवापत उक्त रकमबराबरको दाबी भुक्तानी गरेको हो।

    चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा कम्पनीले ८६८ वटा दाबीबापत ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
    प्रतिकृया दिनुहोस्