आर्थीकसंसार संवाददाता२९ पुष, २०८०

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को लाभांश अनुमोदन भएको छ।
आज पोखराको लेकसाइडस्थित बेस्ट रिसोर्ट नेपालमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ६ करोड १८ लाख ९० हजार ४.५० रुपैयाँ नगद लाभांश (करसहित) अनुमोदन गरेको छ।
एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।