आर्थीकसंसार संवाददाता२९ पुष, २०८०
२९ पुष, २०८०काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ।
क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए।