आर्थीकसंसार संवाददाता२६ पुष, २०८०
२६ पुष, २०८०काठमाडौं । स्मार्ट सेलको नम्बर प्रयोग गरिरहेका ग्राहकहरूले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने भएको छ । स्मार्ट सेलको लाइसेन्स रद्द भएपछि नयाँ नम्बर अध्यावधिक गराउन बैंकहरूले ग्राहकहरूलाई आग्रह गरेका हुन् ।
एभरेष्ट बैंकले एक सूचना प्रकाशन गरी स्मार्ट सेलको नम्बर प्रयोग गरिरहेका ग्राहकहरूलाई नयाँ नम्बर अध्यावधिक गराउन भनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स रद्द गरेपछि स्मार्ट सेल प्रयोग गरिरहेका ग्राहकहरूको मोबाइल नम्बरमा अब उपरान्त एसएमएस अलर्ट नोटिफिकेसन नआउने बैंकको भनाइ छ ।
एसएमएस अलर्ट नोटिफिकेसन बन्द हुने भएकाले स्मार्ट सेलको नम्बर परिवर्तन गरी नयाँ नम्बर अध्यावधिक गराई सेवा सूचारु गर्न बैंकले आग्रह गरेको हो ।