News Portal

  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा दाबी भुक्तानीका लागि सम्पर्क गर्न आग्रह

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८०
    ३३८ पटक
    २४ पुष, २०८०

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानीका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले २०८० असार मसान्तसम्ममा क्षति भई बीमित वा प्रतिनिधी मार्फत पर्न आएको बीमा दाबी हालसम्म पनि सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको वा सम्पर्कमा नआएको हुनाले कम्पनीले बीमितहरुलाई बीमा दाबी भुक्तानी प्रकिया अघि बढाउन कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

    बीमितहरुले कम्पनीमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कागजातसहित सम्पर्कमा आउन र दाबी प्रकिया अघि बढाउन आग्रह गरेको छ । तोकिएको समयभित्र कागजातसहित सम्पर्कमा नआएमा बीमा दाबीका फाइलहरु बन्द गरिने समेत कम्पनीले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्