
काठमाडौं । आइएमई लाइफ लम्की शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– १, कुन्टिखेतका बीमित स्व. विकाश भण्डारीकी आमा दुर्गा भण्डारी र श्रिमती ममता बिष्टलाई संयुक्त रूपमा दश लाख एकहत्तर हजार रुपैयाँ प्रदान गरेको हो ।
कम्पनीका सुदुरपश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सैना र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल द्वारा संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।
बीमा जारी भएको छोटो समयमा २०८० साल मंसिर ९ गते सडक दुघर्टना मा परि दुखद निधन भएको थियो। बीमा रकम बुझेपछि श्रीमती ममता विष्टले आइएमई लाइफलाई धन्यवाद दिइन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मा लम्की चुहा न.पा वडा नम्बर १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहेका थिए । आईमईलाई लम्की शाखा प्रमुख बल बहादुर थापाद्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा आइएमई लाइफ इन्सोरेनस कम्पनी सुदुर पश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सैना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावल र थुप्रै स्थानियहरुको उपस्थिति थियो ।