News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आरुश लाइफस्टाइल हस्पिटलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१७ पुष, २०८०
    ४२३ पटक
    १७ पुष, २०८०

    काठमाडौं । आरुश लाइफस्टाइल हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्ने क्रममा ल. मा. न. पा. १०, कुपनडोल, ललितपुर स्थित अत्याधुनिक सुविधा सम्पन्न आरुश लाइफस्टाइल हस्पिटलसगं सहकार्य गर्ने आपसि सम्झौता गरेको छ ।

    सम्झौता पत्रमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा कम्पनीका बजार व्यवस्थपन बिभाग प्रमुख रामजी ढकाल र मेडिहेल्थ इकाइका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. का बीमितले अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र उपचार पश्चात हुने दाबी भूक्तनीको भन्झटिलो प्रकृयाबाट छुटकारा मिल्ने विश्वास कम्पनीले गरेको छ । यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित उपचार सक्ने छन ।
    प्रतिकृया दिनुहोस्