आर्थीकसंसार संवाददाता१७ पुष, २०८०

काठमाडौं। खारेज भएको क्रिष्ट फाइनान्सले व्यक्तिगत निक्षेपकर्तालाई पैसा फिर्ता लिन आउन बोलाएको छ।
उच्च अदालत पाटनको आदेशअनुसार स्थापित लिक्विडेटरको कार्यालयले केही निक्षेपकर्ताहरुले पैसा फिर्ता लिन बाँकी रहेकोले लिन आउन सूचना जारी गरेको हो। निक्षेपकर्ताको निक्षेप रकम सुरक्षित रहेकोले प्रमाणसहित स्वयं उपस्थित भई आफ्नो निक्षेप भुक्तानी लिन आउन सूचनामा आग्रह गरिएको छ।
राष्ट्र बैंकले २०७७ भदौमा क्रिष्टल फाइनान्सको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको थियो। राष्ट्र बैंकले २०५८ फागुनमा दिएको क्रिष्टल फाइनान्सलाई लाइसेन्स दिएको थियो। यो फाइनान्सलाई राष्ट्र बैंकले २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको थियो।