News Portal

  • गुडविल फाइनान्सको वार्षिक साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता११ पुष, २०८०
    ४१३ पटक
    ११ पुष, २०८०

    काठमाडौं । गुडविल फाइनान्स कम्पनीले वार्षिक साधारणसभा स्थगित गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै विशेष कारणवश साधारणसभा स्थगित गरिएको जनाएको हो।

    यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९ गते २९ औँ वार्षिक साधारणसभा डाकेको थियो। सभा काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे डाकिएको थियो।

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने अजेन्डा रहेको थियो। उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई भने लाभांश वितरण नगर्ने निर्णय कम्पनीले गरेको थियो। वार्षिक साधारणसभा स्थगित गर्नुको कारण भने कम्पनीले खुलाएको छैन।

     

    प्रतिकृया दिनुहोस्