आर्थीकसंसार संवाददाता७ पुष, २०८०
७ पुष, २०८०काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २९ गते, आइतबार ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे शुरु हुने जनाएको छ।
सभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने जनाएको छ ।
सभाले लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामाभाग लिन सक्नेछन्।