News Portal

  • हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०८०
    १६० पटक
    २६ मंसिर, २०८०

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ ।

    कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो । मंगलबार भएको सुनुवाईले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

    यससँगै अब कम्पनीले भोलि अर्थात मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गर्न लागेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

    प्रतिकृया दिनुहोस्