आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
२४ मंसिर, २०८०काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४.४४ रुपैयाँको कुल २० प्रतिशतले हुनाले ६६ करोड ६३ लाख २३ हजार ६४०.८९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।