आर्थीकसंसार संवाददाता२३ मंसिर, २०८०
२३ मंसिर, २०८०काठमाडौं । स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार लहानमा स्थित जेएसमुरारका बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा ७० जना भन्दा बढि विद्यार्थीहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रममा सोही क्याम्पसका सहायक प्रमुख सजन कुमार साह तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुखहरु भगवानी साह, सन्तोष कुमार साह र रमेश लाल कर्णको उपस्थिति रहेको भोटियाटोल शाखाका शाखा प्रमुख स्वतन्त्र कुमार सिंहले जानकारी दिए ।