News Portal

  • जनकपुर र इटहरीमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०
    ३९६ पटक
    २२ मंसिर, २०८०

    काठमाडौं। समृद्धि फाइनान्सले जनकपुर र इटहरीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

    फाइनान्सले बिहीवार र शुक्रबार संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरुको सूचीमध्ये मंसिर महिनाका लागि तय भएको कार्यक्रमहरुका रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

    विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पसका ७५ जना र इटहरी शाखाले ज्योति माविका ५० जना विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।
    प्रतिकृया दिनुहोस्