आर्थीकसंसार संवाददाता१८ मंसिर, २०८०

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्रै पठाउन आग्रह गरेको छ।
साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरुले विभिनन सामाजिक सञ्जालहरुको दुरुपयोग गरी, विभिनन प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको भन्दै साइबर ब्युरोले त्यस्ता झुठा आश्वासनमा नपरी ठगिनबाट जोगिन पनि सचेत गराएको छ।
त्यसैले विदेशमा दुःख गरी कमाएको रकम फ्रड, स्क्याम मनीमा रुपान्तरण भई कानुनी कारबाहीको भागिदार हुनुपर्ने अवस्था सिर्जना हुने चेतावनी ब्युरोले दिएको छ।