आर्थीकसंसार संवाददाता१८ मंसिर, २०८०
१८ मंसिर, २०८०काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो चौधौँ वार्षिकोत्सवको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जाको फेदीखोला गापा–४मा रहेको हिमचुली आमा समूहलाई किचन सामग्री तथा डस्टबिन वितरण गर्नुका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको छ ।
पोखरा शाखाका प्रमुख प्रकाश पौडेलको सभापतित्वमा तथा फेदीखोला–४ का वडासदस्य हेमन्तराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। फाइनान्सका जनसम्पर्क अधिकृत सुदिप सापकोटाले कार्यक्रमका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अथिति हेमन्तराज पौडेलले स्थानीय महिला दिदीबहिनीहरुलाई सशक्तीकणसम्बन्धी कार्यक्रम गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा प्रथामिकतासाथ सञ्चालन गर्न आग्रह गरे।