News Portal

  • सलिकोले चारदिने बीमा अभिकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८०
    ४६३ पटक
    १७ मंसिर, २०८०

    इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले निर्जीवन बीमा अभिकर्ताहरुका लागि सञ्चालन गरेको चारदिने तालिम सम्पन्न भएको छ। कम्पनीले गत मंसिर १२ गतेदेखि मंसिर १५ गतेसम्म तालिम सञ्चालन गरेको हो।

    तालिममा बीमालेख, बीमा ऐनलगायतका बीमासँग सम्बन्धित विभिन्न विषयवस्तुका विषयमा सहजीकरण गरिएको थियो। तालिममा सगरमाथा लम्बिनी इन्स्योरेन्सका मानव संशाधन प्रमुख शशिधर शर्मा र प्रदेश प्रमुख नारायण गौतमलगायतले सहजीकरण गरेका थिए।

    तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका १६ जना बीमा अभिकर्ताको सहभागिता रहेको सलिको इन्स्योरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए। इटहरीमा प्रदेशस्तरीय बीमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुँदै आएका छन्।
    प्रतिकृया दिनुहोस्