काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कोशीटप्पु भ्रमण गराएको छ।
कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशीटप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ६०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए।
सहभागी अभिकर्ताहरुले अर्नाका लागि प्रसिद्ध नेपालको वन्यजन्तु आरक्षण केन्द्र कोशीटप्पुको भ्रमण र सप्तकोशीमा बोटिङलगायतको मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।