News Portal

  • सपोर्ट लघुवित्तको सीईओमा महेशकुमार चौधरी नियुक्त

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८०
    ३३९ पटक
    १७ मंसिर, २०८०

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेशकुमार चौधरी नियुक्त भएका छन्। संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले चौधरीलाई संस्थाको सीईओमा नियुक्त गरेको हो।

    चौधरीलाई मंसिर १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनीसँग अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा ३ बर्ष, अध्यापन क्षेत्रमा ५ बर्ष, संयुक्त राष्ट्र संघको नेपालस्थित एजेन्सी विश्व स्वास्थ्य संगठनमा फिल्ड लेखा तथा प्रशासनमा ७ बर्ष र लघुवित्त क्षेत्रमा व्यवस्थापकीय श्रेणीबाट प्रवेश गरी नायब सीईओ पदसम्म १० बर्ष कार्य गरेको अनुभव रहेको छ।

    फाइनान्समा एमबीएसम्मको अध्ययन पूरा गरी कार्यकारिणी तहमा रही बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरणलगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका चौधरीको नेतृत्व क्षमता र कार्यानुभवले सपोर्ट लघुवित्तको प्रगतिमा नयाँ उचाइ लिने अपेक्षा गरेको संस्थाले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्