News Portal

  • मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्टद्वारा नेपाल भ्रमण

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८०
    ४३६ पटक
    १५ मंसिर, २०८०

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ।

    नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्तासँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा भाग लिए। यसले नेपालमा मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ।

    ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष छन्। उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखका रुपमा सेवा गरे र उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिङहरु भइसकेका छन्। उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य छन् र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष छन्।
    प्रतिकृया दिनुहोस्