News Portal

  • सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोगबापतको दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८०
    ३४१ पटक
    १४ मंसिर, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गाईघाट शाखाले घातक रोगबापतको दाबी रकम भुक्तानी गरेको छ।

    उदयपुरको त्रियुगा–१ जोगिदहमा मंसिर २ गते आयोजित एक कार्यक्रममा बीमित बलराम चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले करकट्टा गरी बाँकी दाबी रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन्।

    चौधरीले २०७८ असोज २२ मा जारी ज्योति सुरक्षित बचत जीवन बीमा योजना लिई अतिरिक्त सुविधाअन्तर्गत घातक रोगविरुद्धको सुरक्षा लिएका थिए। उनलाई अकस्मात मस्तिष्कघात भएको हुँदा घातक रोगबापतको ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
    प्रतिकृया दिनुहोस्