News Portal

  • नेशनल लाईफ इन्स्योरेन्स बन्यो विमस्टेक राष्ट्रकै उत्कृष्ट कम्पनी, भारतले गर्यो सम्मान

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०८०
    २७२ पटक
    १२ मंसिर, २०८०

    काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो ।

    उक्त संस्थाले विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी भन्दै जीवन कम्पनी नेशनल लाईफ इन्स्योरेन्स ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ बाट सम्मानित गरेको हो ।

    भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक समारोहबीच उक्त इन्स्योरेन्सलाई सम्मान गरेको हो ।

    विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

    उक्त सम्मान कम्पनीका सहायक महा प्रबन्धक प्रज्वल सायमीले ग्रहण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्